कुन–कुन नेताले लिएर सरकारसँग उपचार खर्च (नामसहित)

काठमाडौं, २९ कात्तिक । कांग्रेस नेतृ सुजाता कोइरालाका स्वकीय सचिव लक्ष्मण थपलियाले केपी ओली र विद्या भण्डारीले उपचार खर्च लिँदा हुने सुजाताले किन नहुने भन्ने प्रश्न गरेका छन् ।
‘केपी ओली, विद्या भण्डारी, पूर्वराष्ट्रपति सबैले उपचार खर्च लिएका छन्,’ थपलियाले भनेका छन्, ‘सबैले लिँदा हल्ला भएन, हामीले लिँदामात्रै हल्ला भयो ।’ नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
स्तन क्यान्सर भएकी सुजाता उपचारका लागि सिंगापुरतिर लागेकी छिन् ।



कसले कति उपचार खर्च लिए ?
पूर्वप्रधानमन्त्री स्व. सुशील कोइराला- १ करोड ६२ लाख
एमाले अध्यक्ष केपी ओली- १ करोड २६ लाख
पूर्वप्रधानन्यायाधीश रामकुमारप्रसाद साह- ८० लाख
पूर्वराष्ट्रपति रामवरण यादव- ६० लाख
कांग्रेस नेता चक्र बास्तोला- ५० लाख
माओवादी नेता नारायणकाजी श्रेष्ठ- ३८ लाख
पूर्वप्रधानमन्त्री तुलसी गिरी- २५ लाख
कांग्रेस नेता गोविन्दराज जोशी- २० लाख
कांग्रेस नेता खुमबहादुर खड्का- २० लाख
पूर्वपरराष्ट्रमन्त्री स्व. साहना प्रधान- १३ लाख

Previous Post Next Post