भारतको २००० दरको नयाँ नोटमा नेपाली भाषा पनि



केही समय यता नेपालमा हिन्दी भाषालाई राष्ट्र भाषा बनाउन लागिएको भन्दै ब्यापक विरोध भैरहेको छ । हिन्दी भाषालाई राष्ट्रभाषा बनाउन संविधान संसोधन गर्न लागिएको भन्दै एक मिडियाले समाचार प्रकाशित गरेपछि त्यसको विरोधमा सामाजिक सञ्जाल रंगिए । तर सरकारले भने यस्तो तयारी नभएको र नहुने स्पष्टिकरण दिइसकेको छ ।

बन्दको कारण थाहा पाउनु भो ? इतिहासमै पहिलो पटक यस्तो

सत्तारुढ नेपाली कांग्रेसका एक सांसदले हिन्दी भाषालाई राष्ट्रभाषा बनाउन माग गरेपछि उनको ब्यापक आलोचना भयो । व्यवस्थापिका संसदको बैठकमा नवलपरासीका कांग्रेस सांसद देवनारायण कलवारले ५० प्रतशत जनताले हिन्दी भाषा बोल्ने र ८० प्रतिशत जनताले बुझ्ने हिन्दी भाषालाई राष्ट्रभाषा बनाउनुपर्ने बताएका थिए । यस्तो माग गरेपछि उनी ब्यापक आलोचनामा परेका थिए ।

तर तपाइँलाई अचम्म लाग्न सक्छ भारतले हालै प्रकाशित गरेको २ हजारको नोटमा भने नेपाली भाषा समेत राखेको छ । उक्त नोटमा लेखिएको भाषा मध्ये “दुई हजार रुपैयाँ” भनेर नेपाली भाषा समेत समावेश छ ।



नेपालमा हिन्दी भाषालाई संविधानमा सूचीकृत गर्ने कि नगर्ने भनेर विवाद चलिरहेको समयमा भारतीय रिजर्भ बैंकले भने आफ्नो नयाँ नोटमा नेपाली भाषा समेत समावेश गरेको हो ।


भारत सरकारले केही दिन अघि मात्र चल्तीका भारु पाँच सय र हजारका नोटहरु अकस्मात बन्द गरेर २ हजारको नोट प्रचलनमा ल्याएको थियो । सरकारले भष्टाचार नियन्त्रण गर्न र नक्कली नोट नियन्त्रण गर्न पाँच सय र हजार रुपैयाँका नोटहरु फिर्ता लिने निर्णय गरेको बताएको छ ।

भारतीय नोटमा किन प्रयोग भयो नेपाली भाषा?

नेपाली भाषा भारतीय संविधानमा राष्ट्रभाषाको रुपमा सूचीकृत भाषा हो । नेपाली भाषा नेपाल बाहेक भारत, भुटान, बर्मा आदि ठाउँमा नेपाली भाषा बोल्ने गरिन्छ । गुगलले नेपाली भाषालाई नेपाल र भारतमा गरी १७ करोड मानिसले बोल्ने भाषा मान्दै गुगलमा लिस्ट भएका ७९ भाषालाई नेपालीमा र नेपाली भाषालाई तिनै ७९ भाषामा अनुवाद गर्न सकिने जानकारी दिन्छ ।

ट्रम्पको विरोधमा मोडलले खोलिन् कपडा (तस्विर)

भारतका विभिन्न क्षेत्रमा ठूलो सङ्ख्यामा नेपाली भाषीहरूको बसोबास रहेको हुँदा भारतीय संविधानको आठौं अनुसूचीमा नेपाली भाषालाई समावेश गरिएको छ। भारतमा बसोबास गर्ने गुरुङ, मगर, नेवार, लेप्चा, राई, लिम्बूजस्ता विभिन्न जातिले आफ्नो मातृभाषा छोडेर नेपाली भाषालाई नै मातृभाषाका रूपमा ग्रहण गरेका छन् । अहिले भारतमा नेपाली भाषा बोल्नसक्ने, बुझ्न सक्नेको सङ्ख्या नेपाली जातिको सङ्ख्याभन्दा धेरै धेरै रहेको जानकारी पाइन्छ ।

भारतको पश्चिम बङ्गालअन्तर्गत पर्ने दार्जिलिङ, जलपाइगुडी, बागडुग्रा, डुवर्स आदि विभिन्न क्षेत्रमा नेपालीहरूको बाहुल्य रहेको छ । यसका अतिरिक्त आसाम, मेघालय, मणिपुर, नागाल्यान्ड, मिजोरम, सिक्किम, अरुणाचल आदि राज्यमा पनि नेपालीहरूको ठूलो उपस्थिति रहेको छ । उता देहरादुन, भाग्सु, कुमाउ, गढवाल, बनारस, दिल्ली आदि क्षेत्रमा पनि नेपालीहरू स्थायी रूपमा बसोबास गरिरहेका छन्। यसका साथै अहिले पनि शिक्षार्जन, कामको खोजी, व्यापार व्यवसाय गर्ने आदि उद्देश्यले भारत जाने नेपालीहरू थुप्रै रहेका छन् ।

यस्तो भयो भने ट्रम्प अमेरिकी राष्ट्रपति बन्न पाउने छैनन्

अहिले बनारस हिन्दु विश्वविद्यालय, नर्थ बङ्गाल विश्वविद्यालय, गौहाटी विश्वविद्यालय, सिक्किम विश्वविद्यालय जस्ता विभिन्न विश्वविद्यालयमा नेपाली भाषा र साहित्यको एम.ए. स्तरीय अध्ययन–अध्यापन हुन्छ भने विद्यावारिधिस्तरीय अनुसन्धानात्मक क्रियाकलाप पनि हुन थालेका छन् ।
Previous Post Next Post