काठमाडौं, कात्तिक २८ – सरकारले कांग्रेस नेतृ सुजाता कोइरालालाई क्यान्सरको उपचारका लागि ५० लाख रुपैयाँ दिने निर्णय गरेको छ । मन्त्रीपरिषदको आइतबारको बैठकले नेतृ सुजातालाई क्यान्सरको उपचारका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।
मन्त्रीपरिषदको यो निर्णयप्रति स्वास्थ्यमन्त्री गगन थापाले भने असहमती जनाउनुभएको छ । गृहमन्त्री बिमलेन्द्र निधिको दबाबमा मन्त्रीपरिषदले सुजाता कोइरालालाई रकम उपलब्ध गराउने निर्णय गरेको हो ।
केही समयअघि मलेसिया भ्रमणका बेला अस्वस्थ भएर उपचार गराउँदा उहाँलाई स्तन क्यान्सर भएको पत्ता लागेको थियो भने उहाँले मलेसियामै शल्यक्रिया गरेर स्वदेश फर्किनुभएको हो ।