काठमाडौंको फुटपाथका मध्यभागमा पहेंलो टायल बिछ्याएको देख्नुभएको छ? अबश्य देख्नुभएको होला। देखे नि कतिलाई त किन बिछ्याइएको होला भनी थाहा नहुन सक्छ। कतिपयलाई त लाग्दो हो फुटपाथ आकर्षक बनाउन बिछ्याइएको हो कि?
पहेंलो टायल बिछ्याएको त दृष्टिविहीन हिँड्ने बाटो हो। जसलाई ब्रेल मार्ग भनिन्छ। स्पर्समार्ग पनि भनिन्छ।
काठमाडौंको मुख्य भागमा दृष्टिविहीनलाई आवतजावत गर्न सजिलो होस् भनी स्पर्समार्ग बन्दैछ। कति बनिसकेको छ।
दिगो सहरी यातायात आयोजनाले सुरु गरेको यो मार्ग बनाउन एसियाली बिकास बैंकको ६९ प्रतिशत र सरकारको ३२ प्रतिशत खर्चनेछ।
पाइलट प्रोजेक्टका रूपमा सुरु भएको यो योजनाका लागि १० करोड रुपैयाँ छुट्याइएको छ। र, प्रति किलोमिटर एक करोड खर्चेर करिब दस किलोमिटर स्पर्श बाटो बन्दै छ।
नारायणहिटी संग्रहालय वरिपरि, माइतीघरदेखि नयाँ बानेश्वर, कमलादी राइजिङ मलहुँदै सिंहदरबार, सहिदगेट, त्रिपुरेश्वर, जमलबाट निर्वाचन आयोगसम्म, त्यहाँबाट जमल क्षेत्रसम्म बनिसकेको छ।
तर, स्पर्समार्गलाई पनि भ्रष्टाचारले भने छाडेको छैन। स्पर्समार्ग बनाएको केही दिनमै बाटो ठाउँठाउँमा भत्केको छ। टायल ओछ्याइएको मिलेको छैन। धेरै ठाउँमा फुटेको छ।
सिमेन्ट र कंक्रिट मिसाएर बनाइएको टायल प्रयोग हुन्छ, स्पर्समार्गमा। १२ इन्च लम्बाइ र त्यति नै चौडाइको टायलमा चारवटा ‘स्ट्रिप’ हुन्छ। स्ट्रिप सडक सतहभन्दा अलि माथि हुन्छ। त्यसको बीचमा साना खोल्सा हुन्छन्। त्यही खोल्सामा सेतो छडीले छाम्दै दृष्टिविहीनहरु हिँड्छन्।
हिँड्दा दिशा बदलिने, जेब्राक्रस गर्ने ठाउँमा फरक किसिमको टायल राखिएको हुन्छ। सीधा रेखालाई छोइरहेको बेला गोलो ‘स्ट्रिप’ भएको टायल भेटिए ‘जेब्राक्रसिङ’, ‘बाटो सकियो’, ‘बस स्टप छ’ या ‘बाटो काट्ने ठाउँ छ’ भनी दृष्टिविहीनले थाहा पाउँछन्।
स्मर्समार्ग बन्नु सकारात्मक हो। दृष्टिविहीनलाई स्पर्समार्गमा हिँड्न सजिलो छ त? छैन।
अन्तर्राष्टिय दबाब थेग्नलाई मात्र बनाएजस्तो गरी बनाउँदा स्पर्समार्ग दृष्टिविहीनका लागि वरदान नभई दुर्घटनाका कारक बन्ने संभावना बढेको छ।

स्पर्स मार्ग कतै आकासे पुलमुनि बनाइएको छ त कतै बाटोमै बिजुलीको पोल उभिएका छन्। स्पर्शमार्ग पछ्याउँदै जाँदा झन असजिलो ठाउँमा गएर बाटो टुंगिएका छन्।
स्पर्समार्गमा हिँड्दा दृष्टिविहीन घरी पोलमा ठोक्किन्छन् त घरी सवारी साधनमा।
‘स्पर्शमार्ग बनाउनु सकारात्मक भएपनि त्यसलाई पछ्याउँदा अस्पताल पुग्ने सम्भावना धेरै छ,’ काठमाडौंको लाजिम्पाटस्थित स्पर्समार्गमा हिँडिरहेकी सरिता लामिछाने पोलमा ठोक्किएपछि भनिन्।
पुरानो बसपार्क नजिक बिद्युत् प्राधिकरण केन्द्रीय कार्यालयअगाडि स्पर्समार्गमा हिँडिरहेका रामबहादुर ऐर आकासे पुलमा ठोक्किए। धनगढीका ऐरले त टायल ओछ्याएकै नमिलेको बताए।
भक्तपुरकी इच्छा केसी बिजुलीबजारमा स्पर्समार्गमै पार्किङ गरिएका मोटरसाइकल र कार छिचोल्दै हिँड्दैथिइन्।
उनले भनिन्, ‘स्पर्समार्ग दृष्टिविहीनका लागि हो कि सवारी साधन पार्किङ गर्न?’
बिजुलीबजारस्थित स्पर्समार्ग नै ढाकेर सवारी साधान पार्किङ गरिएको थियो। उस्तै थियो, बबरमहलस्थित काठमाडौं जिल्ला अदालतगाडि।

बबरमहलको सडक बिभागअगाडि त स्पर्शमार्गमा प्रहरीकै गाडी पार्किङ गरिएको थियो। प्रहरी गफमा मस्त थिए।

‘राम्रो कामको सुरुवात् भएको छ। तपाईंहरु नराम्रो कुरा मात्र गर्नु हुन्छ? राम्रो कुरा पनि लेख्नुस्न,’ काठमाडौं महानगरपालिका आयोजना कार्यान्वयन इकाई प्रमुख सुरज शाक्यले भने।
उनले त बाटो सानो भएकाले नै स्पर्समार्गमा कतै बिजुलीको पोल त कतै आकासे पुलको भर्याङ परेको तर्क गरे।
काठमाडौं दिगो सहरी आयोजना प्रमुख दीपक श्रेष्ठले स्पर्शमार्गमा पार्किङ गरिएका सवारी साधन हटाउने जिम्मेवारी महानगरको भन्दै पन्छिए।