ऊर्जामन्त्री जनार्दन शर्माले लामो समयसम्म विद्युत महशुल ततिर्ने उपभोक्ताको विद्युत लाइन काट्न निर्देशन दिए । यस्को केही दिन नबित्दै नारायणहिटी दरवारको विजुलीको लाइन काटियो । महेन्द्र मञ्जिलमा पूर्व वडामहारानी रत्ना शाहले अध्यारोमा आफ्नो जन्मदिन मनाइन ।
ऊर्जामन्त्री भएलगत्तै विद्युत महशुल नतिर्ने संस्था÷व्यक्तिको विद्युत लाइन काट्न निर्देशन दिएका मन्त्री शर्मा आफैं संलग्न जनमैत्री अस्पतालले भने प्राधिकरणलाई ९७ लाख ४२ हजार रुपैयाँ महशुल बुझाउन बाँकी रहेको तथ्य फेला परेकोछ । प्राधिकरणले पटक–पटक ताकेता गर्दा पनि अस्पतालले महशुल नतिरेपछि गत वैशाखमा विद्युत लाइन काटिएको थियो । विद्युत लाइन काटिएपछि घाटामा रहेको अस्पताल बन्द गरिएको छ । साउन ९ गतेदेखि अस्पतालले उपचार सेवा समेत प्रवाहित भएको छ ।
महेन्द्र मञ्जिलको १२ लाख भुक्तानी नहुँदा विद्युत लाइन काटिएको छ । तर मन्त्री आफ्नै लगनाी रहेको जनमैत्री अस्पतालको ९८ लाख विद्युत महशुल भुक्तानी हुन बाँकी रहँदा समेत उक्त रकम तिर्नैतर्फ चासो देखाइएको छैन ।
केही समय माओवादी पार्टीकै हस्पिटल रहेको अस्पताल सञ्चालनमा मन्त्री शर्माको पनि प्रत्यक्ष संलग्नता थियो । युद्धमा घाइते भएकाहरुको उपचारका लागि भन्दै पार्टीकै संरक्षणमा अस्पताल खोलिएको थियो तत्कालिन अवस्थामा मन्त्री शर्माका पाँच जना आफन्त र माओवादी कार्यकर्ताको नाममा ट्रष्टको रूपमा सञ्चालन गरिको थियो थियो अस्पताल ।
तत्कालिन जनमुक्ति सेना नेपालको रकमलाई हस्पिटल सञ्चालनको आधार बनाइएको थियो । हस्पिटल बन्द भएपछि पूर्व जनमुक्ति सेना नेपालले विज्ञप्ति जारी गरी ‘हिसाबकिताब खोज्ने’ बताइसकेको छ । निरन्तर घाटामा रहेको अस्पताललाई पुनर्जीवन दिन सरकारले पनि बेला–बेला आर्थिक सहयोग गर्दै आएको थियो ।
तत्कालीन अर्थमन्त्री बाबुराम भट्टराईले आर्थिक वर्ष २०६५/६६ मा रु १ करोड उक्त अस्पताललाई दिएका थिए। सरकारबाट हटेकै दिन २०६६ वैशाख २१ मा माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिपरिषद् बैठकले उक्त रकम दिने निर्णय गरेको थियो। पार्टीको संलग्नता रहँदा उपचारका लागि बिरामी नआएको ठहर गर्दै पछि निजी क्षेत्रलाई हस्तारन्तरण गरिएको पनि बताइएको थियो । तरपनि अस्पतालमा बिरामीको सँख्या बढेन र नाफा कमाउन सकेन ।
विद्युत प्राधिकरणको वार्षिकोत्सव कार्यक्रममा वार्षिकोत्सवमा बोल्दै उनले बक्यौता धेरै पुगेका १० उपभोक्ताको लाइन तीन दिनभित्र काट्न निर्देशन दिएका छन् । मन्त्रीलाई नटेर्ने कर्मचारीलाई घुमाउरो पारामा धम्कीको शैलीमा उनले भनेका थिए ‘जनयुद्धमा ३५ हजार सेनाको कमाण्ड गरेर आएको मान्छे हुँ । ११ हजार कर्मचारी सम्हाल्न गाह्रो छैन ।’