भारतीय सेनाप्रमुख अचानक किन आउँदैछन् नेपाल ?
काठमाडौं, २४ कात्तिक । भारतका सेना प्रमुख जनरल दलबीर सिंह शुक्रबार नेपाल आउने भएका छन् ।
नेपाली सेनाका महारथी प्रधानसेनापति राजेन्द्र क्षत्रीको औपचारिक निमन्त्रणामा सिंह तीन दिने औपचारिक भ्रमणका लागि शुक्रबार काठमाडौं आउन लागेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
भ्रमणका क्रममा भारतका स्थल सेनाध्यक्ष सिंह शनिबार नेपाली सेना र भारतीय सेना बीच रुपन्देही जिल्लाको सालझण्डीमा संचालन भई रहेको संयुक्त अभ्यास “सूर्य किरण” को निरीक्षण भ्रमण गर्नेछन् ।
रुपन्देही जिल्लाको सालझण्डीमा मिति २०७३ कार्तिक १५ गतेबाट संचालन भई रहेको गण स्तरको संयुक्त अभ्यास “सूर्य किरण” दशौं संस्करणको हो । उक्त संयुक्त अभ्यास कात्तिक २८ गतेसम्म संचालन हुनेछ ।
यस किसिमको उच्च तहको सैनिक नेतृत्व वर्गको भ्रमणले नेपाली सेना र भारतीय सेनाबीच रहँदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धको साथै द्विपक्षीय आपसी हित र पारस्परिक सम्बन्धलाई सुमधुर एवम् प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।