महिलालाई थाहा हुनै पर्ने यौन स्वाथ्य सम्बन्धी पाँच कुराहरु थाहा पाई राखौ

काठमाडौं । महिलाको स्वास्थ्यको बारेमा धेरै कुरा लेखिएका छन तर यसको साथ महिलाको यौन सम्बन्धसँग गाँसिएको स्वाथ्यको बारेमा कसैले केही भन्दैनन् । महिलाको लागि अति नै महत्वपूर्ण जानी राख्नुपर्ने कुरा यो छ कि यौन सम्बन्धका समस्याबाट कसरी बच्न सकिन्छ । बलिउड विहे अनलाईनका अनुसार जानी राख्नुहोस् यौन स्वास्थ्य सम्बन्धी जोडिएका यी कुराहरु । १. यौन अङ्गको सरसफाई महिलाहरुमा एउटा भ्रम के छ भने यौन सम्पर्क पछि हुने हरेक खालका समस्या पुरुषकै कारणले मात्र हुन्छ भन्ने छ । तर त्यही मात्र मुख्य कारण होइन । ध्यान दिनु पर्ने मुख्य कुरा त सरसफाई हो । यौन सम्पर्क गर्नु अगाडि र यौन सम्पर्क गरी सकेपछि सरसफाइमा कत्तिको ध्यान पुग्छ त्यही नै मुख्य कुरा हुन जान्छ । २. कण्डमको प्रयोग असुरक्षित यौन सम्पर्क कै कारण महिलालाई बेशक हर्पस र एपीबि भाइरस जस्ता रोग लाग्न सक्छ । यौन सम्पर्कको क्रममा आÏनो यौन साथिलाई कण्डम लगाउन दबाब दिनुहोस् यसबाट धेरै किसिमका सङ्क्रमणबाट जोगिन सकिन्छ ।
महिलाले यो भन्न सक्छन् कि यदी उसको यौन साथीलाई कण्डम लगाउन भन्ने नमानेमा यस कार्यमा सहभागी नहुने । किनकी यसले सबैभन्दा बढी युरिनरी इन्फेक्सन हुन्छ । यस समस्यालाई लिएर धेरैजसो महिलाहरु असाध्यै चिन्तित हुन्छन् । यस्तो समस्या त यौनाङ्को रोगको कारण पनि हुन्छ । ३. प्रशस्त पानी पिउनु यूरिन इन्फेक्सनको लागि तपाईंले अधिक मात्रामा पानी पिउनु जरुरी हुन्छ । ४. शौचकार्य पछि सरसफाई टिस्यू प्रयोग गर्नु अघि र पछि दुबै पटक हातलाई राम्ररी धुनु पर्छ । खासगरी घरबाहिर सार्वजनिक शौचालयहरुको प्रयोग पछि यस्ता कुरामा ध्यान दिन जरुरी छ । ५. समय समयमा स्वास्थ्य परीक्षण यसो गर्नाले कुनैपनि प्रकारको इन्फेक्सन या ब्याक्टेरीयाबाट लाग्ने रोगबाट बच्न सकिन्छ । यसका लागि विभिन्न पत्रपत्रीकाबाट पनि जानकारी पाउन सक्नुहुन्छ । यतिले सन्तुष्ट नभएमा स्त्री रोग विशेषज्ञसँग सल्लाह लिन सक्नु हुन्छ । यसले भविश्यमा हुने गम्भीर बिरामीबाट बच्न मद्दत मिल्छ । क्यान्सर अथवा यौन सम्बन्धी स्वास्थ्यकोको लागि समय समयमा चेक गराउनु राम्रो हुन्छ । कयौं अस्पताहरुमा त यस्ता रोगको उपचार निशुल्क पनि परीक्षण गरिन्छ ।
Previous Post Next Post