गलत धन्दा गरेर कमाएको नगदमाथि भारत केन्द्रीय सरकारले अंकुश लगाउन पाँच सय र हजारको नोटमाथि प्रतिबन्ध लगाएपछि भारतका केही मन्दिरमा भेटी चढाउनेको भिड बढेको छ ।
केही व्यक्तिले भने आफ्नो अस्वभाविक कमाइ लुकाउन मन्दिर र शिखहरूको गुरुद्वारलाई पैसा साट्ने माध्यम समेत बनाएका छन्।