मन्त्रीको सुरक्षागार्डले गोप्य कोठामै ‘महिला’ राखेपछि मन्त्री क्वाटरमा हल्लिखल्लि




कात्तिक २६ ।  कडा अनुशासनमा रहनुपर्ने सेनाका जवान अनुशास नभन्दा बाहिर गए भने के होला ? तर, मन्त्रीकै सुरक्षागार्डले अनैतिक काम गरिदिएपछि पुल्चोकस्थित मन्त्री क्वाटरमा हल्लीखल्लि मच्चिएको छ ।

पुल्चोक स्थित मन्त्री क्वाटरको ‘बि–२’ भवनमा सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकी बस्छन् । भुइँ तलाको पश्चिमतर्फ अर्को सानो भवन छ, सोही भवनमा सेनाका जवानहरु खाना खाने र बस्ने गर्छन् । यता मन्त्री बुढाथोकीको निवास रहेको भवनको भुइँतलाकै अर्को कोठामा नेपाली सेनाका सुवेदार तथा मन्त्री बुढाथोकीका प्रमुख सुरक्षागार्ड अशोक पाण्डे सुत्छन् । विष्णुदल गण धुलिखेलबाट मन्त्रीको सुरक्षामा खटिएका पाण्डेले सोही मन्त्री क्वाटर भित्रै देखाएको चर्तिकलाका कारण सेनाका जवानहरु समेत सकसमा परेका छन् ।

‘उहाँले यो कोठा नै छाड्नु हुन्न,’ नेपाली सेनाका एक जवान भन्छन्,‘जहिल्यै एक महिला यहाँ आउनुहुन्छ, उहाँ पनि सेनाकै मान्छे रे ।’ उनका अनुसार एक महिलासँग सेनाका सुवेदारको अवैध सम्बन्ध छ । जसका कारण अन्यलाई समेत निकै असहज भएको छ । ‘हल्सापलाई ड्युटीमा पठाएर, उहाँ महिलासँगै बसिरहनुहुन्छ,’ उनले भने,‘हामीले उहाँलाई केही भन्न सक्ने अवस्था छैन, कि विहे नै गरे हुन्थ्यो नी ?’ स्थायी घर सुन्सरी रहेका सुवेदार पाण्डेका कारण अन्य क्वाटरका कार्यरत सेनाका जवानलाई समेत असहज भएको छ ।

‘उहाँका कारण हामीलाई समेत गाह्रो भइसक्यो,’ रक्षा मन्त्रीको क्वाटरमा रहेका एक सिपाही भन्छन्,‘उहाँले जे गर्नुभयो त्यसले हामीलाई हेर्ने नजर नै चेन्ज भैसक्यो ।’ उनका अनुसार अन्य क्वाटरमा आउने व्यक्तिले समेत अशोकको बारेमा सोधखोज गर्न थालेका छन् । ‘मन्त्री जस्तो मर्यादित व्यक्तिको सुरक्षामा बस्ने मान्छेले मर्यादा ख्याल नगरिदिँदा मन्त्रीको हालत के हुने हो,’ ति जवान भन्छन्,‘यसको विषयमा कुरा उठाउन पनि मिलेको छैन, किन भने सेनामा माथिको आदेश चल्छ ।’ मन्त्री क्वाटरमा आउने महिला को हुन् ? ती महिलाबारे खोजी गर्दा उनी पनि नेपाली सेनाकै जवान रहेको खुलेको छ ।


पर्यावरण गण सिन्धुलीमा कार्यरत उनी बेला बेला घर जान्छु भन्दै विदा लिएर काठमाडौं आउने गरेकी छिन् । घर जान विदा लिएकी उनी सँधै जसो मन्त्रीक्वाटरमा बस्ने गर्छिन् । ‘उताबाट विदा लिएर यतै आउँनुहुन्छ,’ सँगै कार्यरत एक सिपाहीले भने,‘उहाँहरुको घुमघाम र रमाईलोले हामीलाई नै गाह्रो हुन लागिसक्यो ।’

यससम्बन्धमा सुवेदार पाण्डेसँग बुझ्दा उनले भने, ‘दाजु–बहिनीजस्तो सम्बन्ध हो । दाई भनेर मेरोमा आएपछि मैले होटलमा लगेर कसरी राख्नु ? आफू जहाँ बस्छु त्यही राख्ने त हो । ’
Previous Post Next Post