आज पनि घट्यो सुनको मूल्य, हेर्नुस कतिमा हुदैछ कारोबार


साताको अन्तिम दिन शुक्रबार पनि सुनको मूल्य घटेको छ । बिहिबार एकै दिन १४ सयले घटेको सुनको मूल्य आज थप ४ सयले घटेर  ५६ हजार ४  सयमा कारोबार भई रहेको छ   । त्यस्तै तेजावी सुन प्रति तोला ५६ हजार १  सय ५० रुपैयाँमा कारोबार भईरहेको छ।

आज चाँदी भने  प्रति तोला ८ सय ४५   रुपैयाँमा कारोबार भईरहेको छ।  यो अघिल्लो दिनको तुलनामा १०  रुपियाँले बढी हो ।


नेपाल सुनचांदी ब्यबसायी महासंघले शुक्रबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४८    हजार ३  सय ५५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४८  हजार १   सय ४० रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै १० ग्राम चांदीको मूल्य ७ सय २४      रुपैयाँ ५० पैसा कायम गरिएको छ।

Previous Post Next Post