२६ लाखसहित एटिमबाट चोरी गर्ने दुई टर्कीस नागरिक पक्राउ


काठमाडौंः एटिएम कार्डको दुरुपयोग गरेर चोरी गर्ने दुई टर्कीस नागरिक पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरोले राजधानीको कान्तिपथस्थित नबिल बैंकको एटिएमबाट पैसा निकाल्ने दुई टर्कीस नागरिकलाई  बिहीबार सार्वजनिक गरेको हो ।

एटिएम कार्डबाट जोरीमा संलगन टर्कीस नागरिक मुजाररिम उजुन र सेलाहातिन उवरको साथबाट २६ लाख ७५ हजार नेपाली रुपैयाँ, १७ सय यूरो, १६ सय ६० अमेरिकन डलर र एक सय १३ वटा एटिएम कार्ड बरामद गरेको छ ।

Previous Post Next Post