हुम्ला २६ कार्तिक । सुर्खेतबाट सामान लिएर हुम्लाको सिमकोट विमानस्थल पुगेको मकालु एयरको जहाज अवतरण गर्ने क्रममा दुर्घटनामा परेको छ। मकालु एयरको नाइन एन एजेजी कल साइनको जहाज अवतरण गर्ने क्रममा बिहान पौने ८ बजे दुर्घटना ग्रस्त भएको हो ।
बिहान पौने ८ बजे हुम्लाको सिमकोट विमानस्थलमा अवतरण गर्ने क्रममा टायर पन्चर भएपछि उक्त दुर्घटना भएको हो । दुर्घटनामा कुनै मानवीय क्षति नभएको र विमानमा समान्य क्षति पुगेको सिमकोट विमानस्थलले जनाएको छ ।