प्रहरी भन्छ – सडकमा कडा सुरक्षा छ, गाडी चलाउनुहोस्



काठमाडौं, २८ कात्तिक – नेत्र विक्रम चन्द नेतृत्वको माओवादीले आइतवार आह्वान गरेको बन्दको प्रभाव कम भइसकेको प्रहरीले जनाएको छ ।
बिहानभन्दा अहिले बन्दको प्रभाव निकै कम भइसकेकोले निर्धक्क भएर गाडी चलाउन समेत प्रहरीले अनुरोध गरेको छ ।
ट्राफिक प्रहरीका प्रवक्ता लोकेन्द्रबहादुर मल्लले बिहानभन्दा अहिले बन्दको प्रभाव कम भइसकेको बताए । नेत्र विक्रम चन्द नेतृत्वको माओवादीले आइतवार नेपाल बन्द घोषणा गरेको थियो ।
‘बन्दको प्रभाव त देखिएको छ, तर अहिले धेरै कम भइसक्यो,’ चन्दले भने, ‘सडकमा कडा सुरक्षा भएकोले निर्धक्क भएर गाडी चलाउँदा हुन्छ ।’


उनले काठमाडौं उपत्यकामा गाडी चलाउनका लागि अहिले कुनै पनि बाधा नरहेको बताए ।

विहानैदेखि बन्द गराउँदै हिडेका माओवादी कार्यकर्तालाई प्रहरीले भटाभट पक्राउ गर्न थालेपछि बन्दको प्रभाव कम भएको हो । काठमाडौं उपत्यकामा बन्द गराउँदै हिँड्ने एक सयभन्दा बढी कार्यकर्तालाई प्रहरीले पक्राउ गरिसकेको छ ।
बिहानैदेखि काठमाडौंका चोक चोकमा जम्मा भएर जबरजस्ती बन्द गराउन सक्रिय रहेका १ सय ३१ जनालाई नियन्त्रणमा लिईएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक हेमन्त मल्लले जानकारी दिए ।
उनका अनुसार प्रहरीले कलंकी, कोटेश्वर, महाराजगन्ज, चावहिल लगायतका क्षेत्रबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो । अहिले सम्म राजधानीमा कुनै पनि अप्रिय घटना नभएको पनि उनले बताए ।
बन्दकर्ताहरुलाई कडाई गर्ने क्रममा राजधानीमा चोकचोकमा व्यापक सुरुपमा सुरक्षाकर्मीको परिचालन गरिएको छ । यस्तै सादा पोशाकमा पनि प्रहरी परिचालन गरिएको छ ।
प्रहरीले संकास्पद गतिविधि गर्न खोज्ने र अवरोध गर्न खोज्ने कार्यकर्तालाई धमाधम पक्राउ गरिरहेको छ ।

महंगी, कालोबजारी तथा जनजिवीकाका मुद्धाहरु उठाउँदै विप्लव माओवादीले आईतबार नेपाल बन्द आह्वान गरेको हो ।
बन्दमाथि प्रहरीको कडाईसँगै अहिले सडकमा विप्लवका कार्यकर्ता नै देखिएका छैनन् ।
Previous Post Next Post