काठमाडौं, २४ कात्तिक । सरकारले भोलि (बिहीबार) किराँत धर्मावलम्बी सरकारी कर्मचारीलाई विदा दिने निर्णय गरेको छ ।
गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले कात्तिक २५ गते फाल्गुनन्द जयन्ती परेको हुनाले सरकारले किराँत धर्मावलम्बी सरकारी कर्मचारीलाई विदा दिइएको जानकारी दिए ।
उनले यसअघि भोलि सार्वजनिक विदा भनेर मन्त्रालयको लेटर प्याडमा आएको विज्ञप्ति नक्कली भएको बताए ।
विज्ञप्ती हेर्न तल क्लिक गर्नुहोस् ।