अोखलढुंगामा देखियो दर्दनाक मनछुने दृष्य : गरिवि सहन नसकेपछि आमा र छोरा दुवैले गरे आत्महत्या


ओखलढुंगाको सेर्ना गाविस ९ का आमा छोराले एकसाथ झुण्डिएर आत्महत्या गरेका छन् । आर्थिक रुपमा विपन्न सेर्ना ९ का ७६ वर्षीया धनमाया भुजेल र ४३ वर्षीय छोरा जेतबहादुर भुजेलले झुण्डिएर आत्महत्या गरेका हुन् ।

धनमायाले घरभित्रै र छोरा तेजबहादुरले घर नजिकै रुमा झुण्डिएर आत्महत्या गरेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

आर्थिक समस्याले भुजेल परिवारका आमा छोराले आत्महत्या गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायव उपरिक्षक मिलन केशीले बताउनुभयो । स्थानीय बासिन्दाले भने आर्थिक समस्याका कारण आमा छोराबीच आपसी विवादमा छोराले हत्या गरेर आत्महत्या गरेको हुन सक्ने अनुमान गरेको बताएका छन् ।

Previous Post Next Post