काठमाडौँ, २६ कात्तिक । सरकारले व्यवस्थापिका–संसद्को आजको बैठकमा सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधासम्बन्धी विधेयक, २०७३ प्रस्तुत गरेको छ । प्रस्ताव कात्तिक ३ गतेको बैठकमा दर्ता भएको थियो ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकको तर्फबाट सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले सो विधेयक प्रस्तुत गर्नुभएको हो ।
कसको कति बढ्दैछ ?
विधेयक अनुसार अब सांसदहरुको मासिक तलब ५५ हजार हुनेछ । मासिक तलब बाहेक घरभाडा, सचिवालय खर्च, धारा, पानी बिजुलीको रकम पनि सांसदहरुले पाउनेछन् ।
विधेयकअनुसार सभामुखको मासिक तलब अब ६७ हजार ३२० हुनेछ । यस्तै सभामुखले विशेष भत्ता प्रतिमहिना एक हजार, बैठक भत्ता प्रतिदिन पाँचसय, सञ्चार सुविधा मासिक तीन हजार, आवास सुविधा मासिक २८ हजार २७५, फर्निचारको एकमुष्ट १५ हजार, निजी सचिवालय बन्दोबस्तका लागि मासिक दुई हजार पनि दिइनेछ ।
विधेयकअनुसार सभामुखले मासिक २५० लिटर इन्धन, त्रैमासिक रूपमा दस लिटर मोबाइल, बिजुली धाराको खर्च बिलअनुसार पाउने छन् । यस्तै, यस्तै दैनिक भत्ता तीन तीन हजार सभामुखलाई दिइनेछ । दैनिक भत्ता कार्यालयबाहिर कार्यालयको कामले जाने अवस्थामा मात्र प्राप्त हुनेछ ।
यस्तै, पैदल भत्ता सभामुखलाई प्रतिकोष ३० रुपियाँ प्राप्त हुनेछ । सरकारले बजेटअनुसार पत्रपत्रिका खर्च, घरभाडा खर्च, इन्धन सुविधा, सचिवालय व्यवस्थापन खर्च पनि बढाउने गरी विधेयक ल्याएको छ । सभामुख, उपसभामुख, विपक्षी दलको नेता, संसदीय दलका प्रमुख सचेतक, सत्ता पक्षका सचेतक, संसदीय समितिका सभापति र सांसद सबैलाई लागू हुनेगरी तलबदेखि सुविधा बढाउने गरी विधेयक ल्याएको हो । सरकारले ल्याएको विधेयकमा परिचारकको भत्ता पनि बढाएको छ