आज हरिबोधिनी एकादशी, यसरी गर्नुस् विष्णु आराधना

बिहीवार हरिबोधिनी अर्थात् ठूली एकादशी पर्छ । हिन्दु धर्मग्रन्थहरूका अनुसार कात्तिक शुक्ल पक्षको एकादशीका दिन भगवान् विष्णु निद्राबाट जाग्नुहुन्छ ।

साउन महिनामा योगनिद्रामा जानुहुने भगवान् विष्णु आजैका दिन जाग्नुहुने मान्यता छ ।
स्मार्तहरूले आज एकादशी मान्छन् भने वैष्णवहरूले भोलि एकादशी मान्छन् ।
यस दिनमा भगवान् विष्णुलाई प्रसन्न गर्नका लागि विशेष उपाय गर्दा भक्तहरूको मनोकामना पूरा हुन्छन् ।

ठूली एकादशीको साँझ तुलसीको मठमा गाईको शुद्ध घिउ भएको दियो बाल्नुस् अनि ऊँ वासुदेवाय नमः मन्त्रको उच्चारण गर्दै तुलसीको ११ चोटि परिक्रमा गर्नुस् । यसो गर्दा घरमा सुखशान्ति छाउँछ र संकट टर्छ ।

भगवान् विष्णु सँगसँगै देवी लक्ष्मीको आराधना गर्नुभयो भने धनलाभ हुन्छ ।

बिहान उठेर नुहाइसकेपछि भगवान् विष्णुको प्रतिमामा केशरयुक्त दूधले स्नान गराउनुस् ।
तुलसीको माला लिएर ऊँ नमो भगवते वासुदेवाय मन्त्र १०८ चोटि जप्नुस् । जप गर्दा पवित्रता कायम राख्ने कुरामा ध्यान दिनुस् ।
पीपलमा भगवान् विष्णुले वास गर्नुहुने मान्यता छ । आजको दिनमा पीपलमा पानी चढाउनुभयो भने ऋणबाट मुक्ति पाइन्छ ।
एकादशीको दिनमा भगवान् विष्णुलाई पहेंलो फूल चढाउनुभयो भने उहाँ प्रसन्न हुनुहुन्छ ।
आजको दिनमा श्रीमद्भागवत महापुराणका कथापाठ गर्दा भगवानलाई प्रसन्नता हुन्छ ।
दैनिक भास्कर
Previous Post Next Post