भारु नोट प्रतिबन्धले नेपाली बिरामी समस्यामा


२६ कात्तिक, काठमाडौं । भारत सरकारले आफ्नो देशमा चलनचल्तीमा रहेका ५ सय र १ हजारका नोट प्रयोग बन्द गरेपछि नेपाली बिरामी समस्यामा परेका छन् ।

भारतका अस्पतालहरुले कात्तिक २३ गतेबाट उक्त नोट लिन नमानेपछि भारतमा उपचार गर्न आएका बिरामीहरु समस्यामा परेका आजको कारोबार दैनिकमा समाचार छ ।

भारतीय मुद्रा नचलेपछि उपचारका लागि भारतको पिथौरागढ, लुवाघाट, हल्द्वानीलगातयका ठाउँमा गएका नेपाली बिरामीहरुको बिचल्ली भएको भारतको पिथौरागढमा रहेका  डाक्टररेणु जगादिश अस्पतालका डाक्टर तारा जोशीले बताए ।


थोरै खर्चमा उपचार गर्नुपर्ने र जटिल अपरेसन गर्नुपर्नेकेही बिरामीको आफूहरुले उधारोमा पनि उपचार गराइरहेको उनले बताए
Previous Post Next Post